काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले बोन्जोइ ट्राभल प्रालिसँग सहकार्यका लागि सम्झौता गरेको छ । एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवाल र बोन्जोइ ट्राभलका प्रमुख कार्यकारी अधिकृत उपमा धितालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताको मुख्य उद्देश्य पिआइएका सरोकारवालाका लागि यात्रा अनुभवलाई सावधानीपूर्वक परिष्कृत गर्दै उच्च बनाउनु रहेको एसोसिएसनले जनाएको छ । उल्लेखित सेवाहरूमा झन्झटरहित टिकट सेवा, दक्ष भिसा सहायता, टुर प्याकेजका साथै विभिन्न सुविधाजनक होटल बुकिङ, प्रभावकारी यातायात, द्रुत प्राथमिक चेक इन सेवालगायत रहेको बताइएको छ ।






