कब्रस्थानमा गाडिएको शव परिक्षण प्रकरणमा दुई जना जेल चलान

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीमा नक्कली बाबु बनेर भारतीय युवकलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाएको अभियोगमा एक अभियुक्त कारागार चलान भएका छन् । कौडेना गाउँपालिका–७ सक्रौल निवासी शेख जिलानी पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।

हरिवन नगरपालिका–११, बालगङ्गाको मुस्लिम बस्तीस्थित कब्रस्थानमा गाडिएको तवसुन खातुनको शव परीक्षण काण्डका अभियुक्त शेख चाँद भन्ने शेख मिर अमजालाई बाबु बनेर नेपाली नागरिकता दिलाएको अभियोगमा जिलानीलाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेर मुद्दा प्रक्रिया अगाडी बढाएको थियो । जिल्ला अदालत मलङ्गवामा थुनछेकको बहस सम्पन्न भएपछि अस्ती शुक्रबार जिल्ला न्यायाधिश विष्णु गौतमको इजलासले जिलानीलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिनुभयो ।

तवसुन मृत्यु प्रकरणको प्रहरी अनुसन्धानका क्रममा अभियुक्त बनेका हाल हरिवन निवासी शेख चाँद भन्ने शेख मिर हमजाले नेपाली नागरिकता प्रमाण–पत्र समेत झुठा विवरण दिएर लिएको प्रहरीले पत्ता लगाएको थियो । उनले लिएको नागरिकता प्रमाण–पत्रमा मामालाई बुबा बनाएको देखिएको प्रहरीले दाबी गरेको छ । आमा सकिना खातुनको पहिलो श्रीमान भारतीय नागरिक अब्दुल कादिरका छोरा शेखले जिलानीलाई बुबा बनाएर नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

यसैबीच, यसै प्रकरणमा पक्राउ परेकी मृतक तवसुन खातुनकी सौतेनी आमा पनि कारागार चलान भएकी छिन् । खातुनको हत्या भएको दाबी सहित ईलाका प्रहरी कार्यालय हरिवनले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । युवतीको मृत्यु शङ्कास्पद भन्दै ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले कब्रस्थानमा गाडिएको शव गत मङ्सिर ३ गते निकालेर प्रादेशिक अस्पताल मलङगवामा पोष्टमार्टम गराएको थियो ।

थुनछेक बहसपछि शुक्रबार जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले तवसुनकी सौतेनी आमा सकिना खातुनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला न्यायाधिवक्ता दाहालले बताउनुभयो । सकिनालाई शनिवमर सिन्धुली कारागार पठाइएको प्रहरीले जनाएको छ । सोही मुद्दामा प्रहरीले अभियुक्त बनाएका तवसुनका बुबा शेख ईर्साद, झडकेला दाजु अर्थात सकिनाका छोरा शेख चाँद भन्ने शेख मिर अमजा र अमजाकी पत्नी जिन्नत खातुन फरार रहेका र फरार अभियुक्तलाई पनि पक्राउ पूर्जी जारी भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *