
✍️ उदयकुमार यादव
शुभ विवाह पञ्चमी जस्तो महान् पर्वको शुभ उपलक्ष्यमा विश्व प्रसिद्ध कृति लिरिकल ब्यालेड र गीताञ्जलि दुबैलाई अमरकृति सत्यमेव जयतेुसँग विश्लेषात्मक समीक्षा प्रस्तुत गर्दा आफूलाई सौभाग्य नै ठान्दछु । हुनत विभिन्न पत्रपत्रिकामार्फत् वरिष्ठ साहित्यकार राजेश्वर नेपाली, डा.वीरबहादुर, डा.योगेन्द्र प्रसाद, डा.रामस्वार्थ राय, गुरु बालकेश्वर ठाकुर र डा.श्यामसागर पण्डितलगायत अन्य विद्वानहरूद्वारा यस कृतिको समीक्षात्मक प्रशंसा पटक-पटक राष्ट्यि तथा स्थानीय स्तरमा भइसकेका छन्, यसको लोकप्रियताकै कारण मधेस प्रदेशका विज्ञ तथा विद्वानहरूका सुझावनुसार प्रस्तावित पाठ्यक्रममा राखिनुपर्ने सल्लाह तथा सुझाव पनि सम्बन्धित सरोकारबालाई दिइसकिएको छ ।
सत्यमेव जयते यति लोकप्रिय कसरी भयो जसले गर्दा दोस्रो संस्करण पनि प्रकाशित भएछ । यसका पछाडि केही खास धार्मिक तथा सांस्कृतिक जागृत गराउने विशेषताहरू छन् । यस कृतिमा रविन्द्रनाथका गीताञ्जलिमा जसरी मातृभाषाका मगमगाउँछ । उदाहरणका रूपमा : कहमासे उठै रमा झरीरे बदरीया ? कहमांसे उठैरमा झरीरे बदरीया, झरीरे बदरीया रमा झरीरे बदरीया ? कहंमा बरिसगेलै मेंघ प्रेमरस दुनियांमे ? अबधपुरसे उठैरमा झरीरे बदरीया, मmरीरे बदरीया रमा झरीरे बदरीया जनकपुर वरिष गेलै मेंघ प्रेम रसदुनियामे, प्रेम रसदुनियांमे......
प्रस्तुत स्नेहपूर्ण गीत कति अलंकारिक तथा रोमान्टिक रहेछ भन्ने तथ्य वास्तवमा शुभविवाह पञ्चमीकै सन्दर्भले नै पुष्टि गर्दाको गर्दै रहेछन् । यो गीतलेगर्दा नै यस अमर कृति सत्यमेव जयतेलाई अति नै लोकप्रिय बनाएको रहेछ । हुन त सत्यमेव जयते कृतिका सम्पादक मण्डल र अन्य साहित्यकारद्वारा आ-आफ्नै ढंगबाट समीक्षा प्रस्तुत गरिएका छन् । तथापि यस कृतिका समालोचनात्मक समीक्षा गर्दा जर्मनीका दार्शनिक तथा समालोचक ज्याक डेरिडाको सिद्धान्त मूलरूपमा प्रासंगिक तथा सान्दर्भिक नै देखिन्छ ।
वास्तवमा हामी सकारात्मक रूपले आस्तिक हौं भने आध्यात्मिकता स्वीकार्दर्छौं जसमा प्रायः विश्वका महान् सनातन हिन्दु धर्मका पौराणिक गाथा सहस्र स्वीकार्नु हाम्रा नैतिक कर्तव्य नै हुन जान्छ । यसर्थ हिन्दु धर्ममै आधारित शिवपार्वती, सीताराम अनि राधाकृष्ण जस्ता महान् दैविक शक्ति स्वरूपका परिकल्पना गरिएको छ ।
कारण यिनको विचारमा कुनै पनि साहित्यिक थेरिज निर्माणात्मक भन्दा विखण्डनवाद र अणिर्मित सिद्धान्तबाट बढी नै क्रान्तिकारी सावित हुन्छ र त्यो शैली जो अन्यबाट भिन्नै (भ्वाइलेटेड एन्ड डाइभर्टेड) हुनाले नै झन् मौलिक देखिन्छ, जसमा विचारको नौलोपन निखार अथवा एनोभेषण उजागर हुन्छ । जसले एकातर्फ पाठकहरूका मनमष्तिकमाथि राज गर्दछ, भने अर्कातर्फ सम्पादकका मुटुका ढुकढुकी नै बन्दछ । यसर्थ ज्याक डेरिडाकै डिकन्स्ट्रक्सन थ्योरिजमा आधारित प्रस्तुत कृतिमा पाइन्छ ।
विवाह पञ्चमीका लोकप्रिय गीतबाट यस कृतिको समीक्षा श्रीगण्ोश गरेपछि, यसका अर्का प्रमुख खुवी यस कृतिको जुन विश्वव्यापी रूपमा प्रख्यात रहेको तथ्य के हो भने यसका आवरण पृष्ठमाथि यसै कृतिभित्रका प्रसिद्ध कविता जानकी नवमीको महत्वपूर्ण गद्यांशः रहेको छ । अहांवीनु तर्सायत के हमरा ओते तर्पायत हे प्यारी ? अहांवीनु दोसरके बनता हमर उद्धव ? किया त हम गंगा होइतो, अहांके पत्रिता वीनु जले समानछी हम । चन्दन होइतो आंहाक मधुर सुगन्धवीनु काठे समानछी हम, अहांक सुन्दरतावीनु अधुरे मुस्कानछी हम ।।
एउटा सत्य तथ्य यर्थाथ रूपमा भन्दा यदि वास्तवमा हामी सकारात्मक रूपले आस्तिक हौं भने आध्यात्मिकता स्वीकार्दर्छौं जसमा प्रायः विश्वका महान् सनातन हिन्दु धर्मका पौराणिक गाथा सहस्र स्वीकार्नु हाम्रा नैतिक कर्तव्य नै हुन जान्छ । यसर्थ हिन्दु धर्ममै आधारित शिवपार्वती, सीताराम अनि राधाकृष्ण जस्ता महान् दैविक शक्ति स्वरूपका परिकल्पना गरिएको छ जसलाई विभिन्न ग्रन्थहरूः शिवपुराण, रामायण तथा भागवतद, गीताहरूमार्फत् पुजनीय सावित र प्रमाणित भएका छन् ।
उपरोक्त उद्धरण जुन अमरकृति सत्यमेव जयतेका प्रसिद्ध कविता जानकी नवमीबाट उद्धृत गरिएको रहेछ त्यो साझा वा समान रूपमा पहिला शिवले आफ्नी अर्धांगिनी पार्वतीलाई भनेको होला ? या श्रीरामले आफनी जीवनसाथी सीतालाई भनेको होला या फेरि श्रीकृष्णले आफ्नी प्यारी राधाका लागि भनेको हाइन होला र ? यस मानेमा उपरोक्त कथन वा उक्ति देवात्माको मुखारबिन्दबाट प्रष्फुटित भएबापत यसलाई चाहिँ ईश्वरीय आध्यत्मिक तथा धार्मिक विश्वव्यापी तथा ब्रहृमाण्डव्यापी स्वयंसिद्ध तथ्यका रूपमा लिन सकिन्छ ।
दाम्पत्य जीवनको सर्वशक्तिमान स्नेहपूणर््ा भावुक कथन जो असाध्यै मार्मिक धार्मिक र समाजिक मूल्यमान्यताले भरिपूर्ण युगल जोे महत्व दर्शाउँदछ । यति मात्र कहाँ हो र ? यसको आवरण पृष्ठकै पछाडि एउटा अस्याध्यै मार्मिक लोकगित जुन भरखरै समस्त तराई मधेसमा मनाइएको भाइबहिनीको स्नेहपूर्ण पर्व समा चखेवाबाट लिइएको छ जुन निम्न प्रकार छ :
बीच रे जनकपुरमे लागि गेलै हटीया, लागिगेलै पानके दोकान गे । सेहो पनमा खएलन हमरोके भइया, रंगीए लेलन बत्तीस मुखदांत हे ।।
हंसीए रबासी पुछै कनियां भउजो, कहंमा रंगैली स्वामी दांत हे ? तोहरी नैहरगे धानीमोर ससुररीया, साली सरहजनी रंगल दांत गय ।। एहो मिठी बोलिया स्वामी हमे ना पतिएबो, छुविलियौ तुलसीके गाछ हे । तुलसी छुवैते धानी हमे नहि रहबो, छुटिजैतो सोलहो सिंगार हे ।। सोलहो सिंगारहो राजा हमे तेजी देवै, छुविलियौ तुलसीके गाछ हे.....
अर्थात् यी मार्मिक उद्धगार भावपूर्ण अभिव्यक्ति यति लोकप्रिय बनायो राष्ट्रिय स्तरमा यस कृतिलाई कि जति वीलियम वर्डस्वर्थ र कलरिजका लिरिकल बैलेडले पनि त्यतिकै ख्याति प्राप्त गरेका थिए अन्तर्राष्ट्रिय स्तरमा, यसका यस्तो अनेकौं खास विशेषता तथा अनौठा खुवीहरू छन् ती सबैलाई शब्दका माध्यमले केवल बखान गर्नु त्यति सम्भव नरहेको हुनाले केही खास खास विशेषतालाई मात्र यहाँ प्रस्तुत गर्नु उचित हुन जान्छ । जसले गर्दा यसलाई विश्व प्रसिद्ध कवि टैगोरजीको गीताञ्जलीसँग पनि दाँज्न सकिन्छ ।
सर्वप्रथम गीताञ्जलि किन विश्वप्रसिद्ध भयो त्यसका पछि धेरै नै कारण होलान् तर ती सबैमध्ये पहिलो कारण चाहिँ मातृभाषामा कविका केही स्वतःस्फूर्त प्रष्फूटित् नैतिक, आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक भावना, आदर्शमय विचार अनि दर्शनले गर्दा त्यस्ता सर्वोत्कृष्ट कृतिमा गनिएको हुनसक्छ । अर्का विश्वप्रसिद्ध कृति लिरिकल बैलेड जसका लेखकद्वय विलियम वर्डस्वर्थ र कलरिज हुन् । यो पनि एउटा त्यस्तै अदभूत तथा अनौठा कविता र लोकगाथामाथि अधारित लोकगीतहरूकै कवितासंग्रह हो जुन विश्वका धेरै ख्यातिप्राप्त विश्वविद्यालयका मानविकी संकाय र साहित्यिक विभागका करिकुलममा अनिवार्य रूपमा प्रेस्क्राइब गरिएको छ ।
हो, जसरी यी दुवै कृति लिरिकल बैलेड र गीताञ्जलिले मातृभाषाको माध्यमले लोकगाथा र लोकसंस्कृतिलाई उठान गरेका छन् त्यसभन्दा चाहिँ अलि कम डिजर्ब सत्यमेव जयतेका लेखकले गरेका होइनन् होला । खाँचो केवल इमानदारीतापूर्वक अध्ययन र लगनशीलतापूर्ण शोध तथा अनुसन्धानको छ किनकि जहाँसम्म यस कृतिका तीन तीन महारथि कहलिने विद्वानहरू डा.योगेन्द्रप्रसाद यादव, डा.रेवतीरमण लाल र डा.आशा सिन्हा मिलेर सम्पादन गर्नुभएको रहेछ भने यसभित्र जरुर केही न केही खास महत्वपूर्ण विशेषता पनि होला नि ?
हाम्रो संस्कृति र हाम्रो सभ्यता विश्वको कुनै ठाउँमा विरलै पाइन्छ जहाँ भगवान दुलहा बनेर विवाह गर्न आउँछन्, के हाम्रो संस्कृति र सभ्यता युनानका ग्रिक सभ्यताभन्दा कम होला र ? यस्ता धेरै नै धार्मिक तथा मार्मिक प्रसंगहरूमाथि यो कृति ‘सत्यमेव जयते’ आधारित छ ।
पहिलो खुवी यस कृतिले आफ्नो मातृभाषमार्फत् मातृभूमिका अगाध माया ममता तथा स्नेहप्रतिको लगाव विभिन्न मनमोहक कविताद्वारा प्रष्ट तथा सरल शैलीका माध्यमले पाठकवर्गमा प्रस्तुत गरेका छन् । साथै आफ्ना धर्म संस्कृतिको उजागर हेतु विभिन्न रचनाले संरक्षण, संवद्र्धन र प्रवद्र्धन पनि गर्न खोजेका छन् । निकट भविष्यमा यसको अंग्रेजी अनुवाद पनि प्रकाशित हुनेवाला छ रे, हुनु पनि पर्छ किनकि हाम्रो संस्कृति र हाम्रो सभ्यता विश्वको कुनै ठाउँमा विरलै पाइन्छ जहाँ भगवान दुलहा बनेर विवाह गर्न आउँछन्, के हाम्रो संस्कृति र सभ्यता युनानका ग्रीक सभ्यताभन्दा कम होला र ? यस्ता धेरै नै धार्मिक तथा मार्मिक प्रसंगहरूमाथि यो कृति ‘सत्यमेव जयते’ भित्र उत्कृष्ट तथा परिष्कृत गद्यात्मक रचनाहरू पाइन्छ जसले पाठक वर्गलाई मन्त्रमुग्ध पार्दछ ।
जस्तो कि यस पुस्तकभित्रका केही अत्यधिक लोकप्रिय कविताहरू : श्री राम चरित मानष, सबसे पैघ केछथिन, पवित्र प्रेम, इन्द्राशन कियाडोले, प्रेमिकाके निहोरा अपना प्रियत्तम्से, त्यस्तै प्रियत्तम्के निहोरा अपना प्रियारीसे, त्रिभुवन स्वामी समान बनिके रहबै, सत्यमेव जयते, संघर्षमय जिन्दगी, विरोधावास जीवन, हमहीछी विद्यापति, यदुवंशी सपूत रघुवंशी रामदेव, सुपरस्टार बनैयके ख्वाबमे, स्वर्णीम बालापन, मातृत्व वात्साल्यप्रेम, सुखमय बालशखा, दुःखमय वृद्धापन, मातुपिता गुरुभक्ति आदि इत्यादि ।
लाखौंको संख्यामा आन्तरिक तथा बाहिरीया पर्यटकले खचाखच भरिएको जनकपुरधामको शुभविवाह पञ्चमीको उपलक्ष्यमा यस कृतिको समीक्षा गर्न पाउँदा माता जानकीको कृपाले आफूलाई सौभाग्यशाली ठान्दछु । किनकि डेरिडा नै यस्तो दार्शनिक हो जसले स्कुल इज डेड, रिडिङ इज एन्टी रिडिङ भनी विश्वमा क्रान्तिकारी समालोचक बनेका छन् । उनका विचारमा केही यस्ता महारथी तथा वैज्ञानिक विश्वमा छन् जो स्कुल गएनन् । यदि कोही भागवत गीताको पाठ नगरिकन पनि यसले सिकाएका सिद्धान्त र आचरण पालन गरी जीवनका प्रत्येक पाइला चाल्ने गर्दछन् भने किन चाहियो रिडिङ ?
यस परिष्कृत तथा उत्कृष्ट कृतिका लेखक जो होस् विशेष धन्यवादका पात्र हुनुहुन्छ किनकि यिनले हाम्रो संस्कृति र हाम्रो सभ्यतालाई विश्वसामु उजागर गरी यस्ता बहुमुल्य संपत्ति भनेको नेपालको बहुधार्मिक, बहुसांस्कृतिक परम्परालाई साहित्यका माध्यमबाट संरक्षण, संबद्र्धन र प्रबद्र्धन गरी अजर अमर तुल्याउन चाहिँ खोजेका छन्, नेपाल आमाप्रतिको देशभक्तिको भावना तथा राष्ट्रिय एकताको पवित्र भावनाले उनलाई भगवानले एक दिन अवश्य विश्व प्रसिद्ध महान् लेखक बनाओस् भनी शुभविवाह पञ्चमीको शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच