काठमाडौं । नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्व र सनराइज क्यापिटलको सहनिष्कासन तथा बिक्री प्रबन्धकत्वमा माथिल्लो तामाकोशी हाइड्रोपावरकोे एक सेयर बराबर एक सेयरका दरले प्रतिसेयर सय अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद साधारण सेयर बाँडफाँट गरेको छ ।
कुल छ लाख ४३ हजार दुई सय ९३ जना कायम साधारण सेयरधनीबाट पाँच करोड १८ लाख ९१ कित्ता सेयरमध्ये भौतिक तथा सिआस्वामार्फत् आवेदन दिने तीन लाख ३५ हजार दुई सय ३० जना सेयरधनीबाट जम्मा तीन करोड ४८ लाख ९७ हजार तीन सय ९६.३४ कित्ता सेयरका लागि दरखास्त प्राप्त भएकोमा एक हजार दुई सय २२ जना सेयरधनीले जम्मा २५ हजार नौ सय २६.३४ कित्ता हकप्रद सेयरका लागि बढी माग गरेको थियो ।
२५ हजार नौ सय २६.३४ कित्ता सेयर बाँडफाँटमा समावेश नगर्ने गरी कायम सेयरधनीलाई हकअनुसार तीन करोड ४८ लाख ७१ हजार चार सय ७० कित्ता हकप्रद सेयर मंसिर २८ गते निष्कासन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धकको उपस्थितिमा हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts