पेरिस । सन् २०२३ कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले बताएको छ । सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म इन्धनको प्रयोगबाट क्रमशः फिर्ता हुने’ भन्दै संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी सम्मेलन, कोप-२८ मा करिब २०० देशले सम्झौता गरेपछि आइइएको यो पछिल्लो पूर्वानुमान आएको हो ।
कोइला कार्बनडाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो ऊर्जासम्बन्धी स्रोत हो जुन विश्वव्यापी तापमान वृद्धिका लागि अन्य हरितगृह ग्याँसहरूजस्तै जिम्मेवार छ ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीमा यसपहिले नै पूर्व-औद्योगिक स्तरभन्दा १.२ डिग्री सेल्सियसले तातो भइसकेको छ र सन् २०२३ विश्वमा आँधीबेरी, खडेरी र घातक डढेलोको विस्तारका रूपमा रेकर्डमा सबैभन्दा गर्मी वर्ष हुने अनुमान गरिएको छ ।
चीन, भारत र इण्डोनेसियामा भएको वृद्धिले युरोप र संयुक्त राज्य अमेरिकामा बढ्दो मागलाई उछिनेपछि सन् २०२३ मा सबैभन्दा दूषित जीवाश्म इन्धनको खपत १.४ प्रतिशतले बढेर ८.५ अर्ब टन पुगेको आइइएले जनाएको छ ।
‘सन् २०२४ देखि विश्वव्यापीरूपमा कोइलाको माग घट्ने प्रवृत्ति देखा पर्ने अपेक्षा गरेका छौँ,’ पेरिसस्थित ऊर्जा निकाय आइइएले उल्लेख गरेको छ ।
आइइएका अनुसार सन् २०२३ मा चीनमा मात्रै २२ करोड टन अर्थात् ४.९ प्रतिशतले कोइला खपत बढेको छ भने भारतमा आठ प्रतिशत र इण्डोनेसियामा ११ प्रतिशतले बढेको छ ।
युरोपमा खपत २३ प्रतिशत वा १० करोड ७० लाख टनले घटेको छ भने संयुक्त राज्य अमेरिकामा नौ करोड ५० लाख टन वा २१ प्रतिशतले घटेको छ, जसको मुख्य कारण कमजोर औद्योगिक गतिविधि र कोइलाबाट निकालिएको उत्पादनबाट नवीकरणीय ऊर्जातर्फको यात्रा हो ।
आइइएले युक्रेनमा जारी द्वन्द्वका कारण हाल कोइलाको चौथो ठूलो उपभोक्ता रहेको रूसमा मागको पूर्वानुमान गर्न कठिन भएको बताइएको छ । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements