काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तेह्रथुमस्थित आफ्नो जन्मघर पुग्नुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार तेह्रथुमको आठराई इभास्थित आफ्नो घरमा पुगेको अध्यक्ष ओलीले तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक समेत गर्नुभएको छ ।
एमालेको अहिले मध्य पहाडी लोकमार्ग यात्रा जारी छ । यही यात्राका क्रममा ओली जन्मघर पुग्नुभएको हो ।
सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उहाँले यो यात्रामा सहभागीहरूलाई आफ्नो जन्मघरमा स्वागत गरेको बताउनु भएको छ।
बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङ पुगेर १ पुसमा सकिँदै छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता