काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड आवश्यक रहेको बताउनु भएको छ ।
बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थापन इतरको बैठकमा सहभागी हुँदै उहाँले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले मापदण्ड बनाएरमात्रै उम्मेदवार बनाउने बताउनु भयो ।
पार्टी सभापति शेरबहादुर देउवालाई दबाब सिर्जना गरेर सिंगो कांग्रेसको सभापति बन्न आग्रह गरिने उहाँको भनाइ थियाे ।
‘१४ औं महाधिवेशपछि हामीले तीनवटा चुनाव भए तर हामीले अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन सकेनौं । सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । उहाँले आफ्नो समूहमा भन्दा बाहिर हेर्नुभएन । त्यसैले यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपर्छ । न्यायपूर्ण ढंगले गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
उहाँले आजको बैठकमा सुशासन र एकपछि अर्को काण्ड आएको विषयमा समेत गम्भीर छलफल भएको बताउनु भयो ।






