टर्की प्रहरीद्वारा संगठित अपराधका २५७ संदिग्धलाई पक्राउ

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । टर्की पुलिसले ३७ प्रान्तहरूमा संगठित अपराध नेटवर्कहरू बिरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह बिरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले गिरोह विरोधी अभियानमा २५७ संदिग्धलाई पक्राउ गरेको बताउनुभएको हो । अप्रेशन केज-१८ को अवधिमा ९ राष्ट्रिय, स्थानीय अपराध समूह र ती संस्थालाई हतियार र अन्य स्रोतसाधन उपलब्ध गराएर सहयोग गर्ने ३० आपराधिक गुटसहित जम्मा ३९ संगठित अपराध संरचना ध्वस्त पारिएको बताइएको छ ।

ADVERTISEMENT

यी संगठित अपराध सङ्गठनहरूले वित्त र हतियार प्राप्त गर्न कार्यस्थलमा गोली हान्ने, व्यवसायीलाई लुट्ने, हतियारको व्यापार र लागुऔषध ओसारपसारमा संलग्न भएको र अपराधको आम्दानी बाँडफाँड गर्ने विषयमा असहमतिमा सशस्त्र लडाईं गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज