स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै संकलित १० हजार हस्ताक्षरसहित राजविराजमा प्रदर्शन

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 7 mins

राजविराज । सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै संकलित १० हजार हस्ताक्षर सहित मंगलबार राजविराजमा विशाल प्रदर्शन भएको छ ।

जिल्ला सदरमुकाम पानी ट्याङ्की चोकबाट निकालिएको जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परबिनले नेपाल सरकारका प्रधानमन्त्रीले शिलान्यास गरिसकेको संरचना निर्माण तर्फ अघि नबढ्नु दुःखद रहेको बताउनु भएको छ । उनले युवाहरू अघि बढिसकेको र सरकारले समयमै ध्यान नदिए ठूलो आन्दोलन हुन सक्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।

कार्यबाही नगर प्रमुख परविनले माग पूरा नभएसम्म आन्दोलन रोक्न नहुने जिकिर गर्दै उनले युवाहरूको सङ्घर्षका कार्यक्रममा निरन्तर साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । युवाहरूले उठाएको माग अविलम्ब सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु भयो ।

सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवले शान्तिपूर्ण सङ्घर्षबाट सुनुवाइ नभए राजमार्ग बन्द सहित सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले दुई हप्ता सम्म जारी आन्दोलनको विषयमा यहाँबाट निर्वाचित जनप्रतिनिधि तथा राजनीतिक पार्टीहरूले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

शान्तिपूर्ण रूपले समस्याको समाधान होस भन्ने हाम्रो चाहना हो, उहाँले भन्नुभो, यसलाई साधारण रुपमा लिन हुँदैन, हामीलाई पनि सडक अवरुद्ध गर्न, गाडीमा आगो लगाउन, बन्द हड्ताल गर्न, ढुङ्गामुढा गर्न आउँछ , त्यो अवस्थासम्म पुग्न नपरोस् ।

उहाँले हाम्रो सङ्घर्षका कार्यक्रममा सर्वसाधारणदेखि समाज सेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी लगायतकाले स्वतस्फुर्त रुपमा सहयोग पु¥याएको भन्दै धन्यवाद व्यक्त दिनुभयो । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै उनले आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह गर्नुभो ।

सप्तरी युथ नेपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको थियो ।

मङ्गलबारको प्रदर्शनमा मिसन कलेज, युनिभर्सल, प्याराडाइज, छिन्नमस्ता, उदयपुर टेक्निकल, सरस्वती एकेडेमी, पिसजनका विद्यार्थीले स्वतःस्फूर्त रुपमा सहभागिता जनाएका थिए ।

ADVERTISEMENT

विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न माग राखी दुइ सता देखि आन्दोलित सप्तरी युथले तेश्रो चरणको दवाव मुलक कार्यक्रम घोषणा गरेको छ । नगरपालिकामा बृहत ¥याली प्रदर्शनपछि राजविराजमा मंगलबार आयोजित कोणसभा मार्फत प्रधानमन्त्रीलाई ९ सय ९९ चिट्ठी पठाउनेलगायतका सातदिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

पहिलो र दोश्रो चरणको आन्दोलनका कार्यक्रम सकेका सप्तरी युथले तेश्रो चरणको आन्दोलन अन्तर्गत सात दिनसम्म राजविराज नगरपालिका अन्तर्गतका टोलहरूमा घरदैलो गरि सुझाव संकलन गरि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ९ सय ९९ वटा चिट्ठी पठाउने सङ्घर्षका कार्यक्रम अगाडि सारेको छ् ।

२०७८ साल असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका १० बिरौलमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गर्नु भएको थियो ।

०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौल स्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डीपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।

सोही विषयलाई लिएर राजविराज १० स्थित प्रतिष्ठान निर्माण स्थलमा स्थानीयहरुले २ महिनादेखि रिले अनशन जारी राखेका छन् ।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?