✍️ रेबिका विक
पृष्ठभूमी : महिला भएकै आधार वा मानवअधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मा सम्मानमा पुर्याइने सबै किसिमको भेदभावयुक्त महिलालाई सामाजिक, आर्थिक, कानुनी तथा राजनीतिक धरातलदेखि लिएर साधनस्रोतको पहुँचमा समेत लिंगको आधारमा विभेदलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ । ‘समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिंसा ओगटेका महिलाहरू हालसम्म विभेद असमानता अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भइरहेका छन् । पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान बनाएको छ । देशमा विद्यमान कतिपय कानुन व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको छैन । देशमा धेरै ठूलो राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्मागका विन्दुमा पु¥याउनु आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।
नेपाली समाजमा महिलालाई दोस्रो, दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि विद्यमान कायम भइरहेको पाइन्छ । महिला-पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भइरहेको छ । महिला हिंसामा हुने कानुनका सवालमा भएको कानुन कार्यान्वयन गर्न पनि सरकार तदारुपता देखाउँदैन ।
समाजमा विभिन्न सोच अन्धविश्वास, पुरानो संस्कार, परम्परा विभेद, कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा गरिबी नीतिनिर्माणका तहमा महिला प्रतिनिधित्वको न्यूनजस्ता विषय महिलामाथि हिंसा हुनुको प्रमुख कारणको रूपमा देखिएका छन् । नेपाली समाजमा महिलालाई दोस्रो, दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि विद्यमान भइरहेको पाइन्छ । महिला-पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भइरहेको छ । महिला हिंसामा हुने कानुनका सवालमा भएको कानुन कार्यान्वयन गर्न पनि सरकार तदारुपता देखाउँदैन । महिलामाथि विभिन्न किसिमका हत्या, हिंसा, बलात्कार, यौन दुर्ववहार, अपहरण, बेचविखन, .कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर-व्यवहारमा भेदभाव गर्ने संस्कार परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने गराउने आत्मसम्मान चोट पुग्ने बोली र दुव्र्यवहार गरिनेजस्ता घटना भइरहेका छन् । त्यस्ता सबै कार्यलाई महिलाविरुद्धको हिंसा मानिएको छ ।
महिला हिंसाको स्थिति महिला हिंसाअन्तगर्त अधिकांश महिला आफ्नो घरपरिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन् । जसलाई घरेलुु हिंसा भन्ने गरिएको छ । दाइजो नल्याएको, छोरा पाउन नसकेकी, चरित्र राम्रो नभएको जस्ता विभिन्न आरोप लगाउँंदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति अति नै अमानवीय व्यवहार गर्दै आएको पाइन्छ । श्रीमान्ले बहुविवाह गेरर अघिल्ली श्रीमती अथवा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन् । त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसा छन् जसलाई घरेलुु हिंसा भन्ने गरिएको छ ।
एशिया फाउण्डेशन’ सन् २००३-२००४ को प्रतिवेदन जसमा उल्लेख भएनुसार नेपाल एशियाकै सबैभन्दा उच्च मातृ मृत्युदर भएको देश हो जसको एउटै कारण आत्महत्या रहेको छ । यस सम्बन्धमा त्यस वर्षमा करिब पाँच सयजनाले आत्महत्या गरेको नेपाल प्रहरीको अभिलेख भएको उक्त प्रतिवेदनले उल्लेख गरेको छ । मर्न त मरिसके तर बाँच्नेहरू पनि निराशाको शिकार बनेको नेपालको तथ्यगत दूरभाग्य हो । सन् १९२० मार्च तारिखका दिन महिलाले पनि पुरुषसरह शैक्षिक सामाजिक आर्थिक र राजनीतिक अधिकार पाउनुपर्छ भनी सर्वप्रथम आवाज उठाएको सन्दर्भमा सोही दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।
संसारका धेरैजसो देशमा महिला र पुरुषको संख्या बराबर भए पनि महिलाप्रति असमान व्यवहार भएको र प्रत्येक क्षेत्रमा महिलापछि परेको हुनाले आजभन्दा एक सय आठ वर्षअघि चीन, ब्राजिल संयुक्तराज्य अमेरिका केही महिलाहरूले सर्वप्रथम संगठित भएर महिलामाथि भएको व्यवहारप्रति चिन्तन गरेका थिए । सन् १९४५ मा संयुक्त राष्ट्रिय संघले सिद्धान्तको आधारमा महिला र पुरुषबीच समानता कायमा हुनुपर्छ भनी स्पष्ट गरिएको वडापत्र पारित गरेको थियो । मानव सभ्यतालाई दुई युगदेखि आजको २१औं शताब्दीसम्म गतिशील तवरले सांसारिक अस्तित्वमा आधारित मानवीय समानता र समतामूलक समाजको निर्माण गर्न प्रकृतिले नै महिला अनि पुरुष नामक चेतनशील मानव जातिको निर्माण ग¥यो । आदिम कालमा फिरन्तेबाट पारिवारिक संस्थामा प्रवेश गर्दासम्म केही मातृसतात्मक अवशेषहरू पाइए तापनि समयको कालखण्डसँगै घरपरिवार बच्चा अनि सामाजिक दायित्वका कारण बाहृय पृष्ठभूमिबाट आधा आकाश ओगटेका महिला खुम्चिँदै लैंगिक हिंसामा असहज परिस्थिति बन्दै गयौं ।
महिलाहरूलाई शारीरिक, मानसिक, तथा मनोवैज्ञानिक रूपमा कमजोर मानिनुका साथै घरको चार भित्ताभित्र कलियुगका कैदी बन्दीसरह व्यवहार गरियो । चाहे त्यो विकसित भनिएको देशको इतिहासमा होस् या त विकासउन्मुख देश । सामाजिक, आर्थिकलगायत बहुप्रकारका हिंसाले नै महिलाको मानसिकता कमजोर बनाएको छ । आज देशमा परिवर्तन सञ्चार जगत्को बढ्दो विकास विश्वव्यापीकरण कानुनी संरक्षणका प्रयास भएको देखिए तापनि महिलाप्रति गरिने व्यवहार र सोंचमा परिवर्तन आएको देखिँदैन चाहे अधिकारकर्मी होस् वा राजनीतिक कार्यकर्ता जुनसुकै ठाउँमा रहे तापनि महिलाहरू कुनै न कुनै हिंसा सहन बाध्य छन् ।
समाजले महिलालाई गर्ने व्यवहार
हाम्रो समाजको सोच, विचार, शैली, चिन्तन, प्रवृत्ति, संस्कार नै महिलाद्वेषी छ । पुरुषले जति ठूला गल्ती र अपराध गर्दा सधैं सम्मानको भागिदार हुन्छ, महिलालाई भने असल हुँदा पनि खराब बनाउँछ समाजले । हाम्रो समाजले विधवा र एकल महिलालाई गर्ने व्यवहार त झनै खराब छ । घरपरिवारका पुरुष सदस्यले अपराध गर्दा कसैको इज्जत नजाने अनि पीडितले आफ्नो पीडा बताउँदा परिवारको इज्जत जाने कस्तो समाज हो ? यो कस्तो सभ्यता हो ? यो कस्तो न्याय हो ?
हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन
विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ । जसले गर्दा महिला माथिको नियन्त्रणको दायरा अझ कसिलो देखिन्छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहँुदैन । यसबाहेक, हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ ।
महिलाहरूलाई शारीरिक, मानसिक, तथा मनोवैज्ञानिक रूपमा कमजोर मानिनुका साथै घरको चार भित्ताभित्र कलियुगका कैदी बन्दीसरह व्यवहार गरियो । चाहे त्यो विकसित भनिएको देशको इतिहासमा होस् या त विकासउन्मुख देश । सामाजिक, आर्थिकलगायत बहुप्रकारका हिंसाले नै महिलाको मानसिकता कमजोर बनाएको छ ।
हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आमपुरुष वर्गले पुरुष भएर होइन बाबु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ ।
त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइका कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ? समग्रमा हामी आमपुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानुनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरिह बने होलान् ?
अन्त्यमा, पुरुषले मनन् गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनूस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्दछन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन् । त्यतिमात्र होइन तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’ सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ ।
हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्ल माक्र्स र पाब्लो नेरुदामाथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रित र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ । ‘मीटु’ अभियानलाई पनि लिन सक्नुहुन्छ । यो दाग जीवित हुँदामात्र होइन मरणोपरान्त समेत वर्षौं वर्ष हजारौं वर्षसम्म प्रष्ट देखिन्छ । सँगसँगै घरपरिवार, विद्यालयबाटै छोराछोरीमा निगरानी, असल शिक्षा अनि दीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तबमात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसुस गर्नु पर्दैन, हिंसामा पर्नु पर्दैन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts