काठमाडौं । एनटी फाइबर प्रविधिअन्तर्गत हाल टेलिफोन सेवामात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणका रूपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सोमबारदेखि लागू हुनेगरी एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवामात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबिपिएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको हो ।
सेवा प्रयोग गर्न १९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरेर अनुरोधका साथै नजिकको दूरसञ्चार कार्यालयमार्फत् पनि सुविधा लिन सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार एकजना ग्राहकका लागि यो सुविधा एकपटकमात्र उपलब्ध हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts