पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना  गर्दै  पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ ।

मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन् । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।

यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको वाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज