काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिनुभएको छ।
उहाँले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनु भएको थियो । तर, उहाँको राजीनामा स्वीकृत भएको छैन । उहाँले के कति कारणले राजीनामा दिएको बारे खुलाउनु भएको छैन ।
गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्री प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता