महिला हिंसाविरुद्ध स्याङ्जामा जनचेतना कार्यक्रम

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा महिला हिंसासम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजारद्वारा महिला हिंसासम्बन्धी जनचेतना कार्यक्रम भइरहेको बताउँदै महिलाहरूले कुनै प्रकारको हिंसा सहन नहुने र हिंसा भएमा प्रहरी तथा नगरपालिकामा उजुरी दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका महिला सेल प्रमुख प्रहरी सहायक निरीक्षक धनमाया शाक्यले जिल्लामा महिला हिंसा सम्बन्धी घटनाहरूको स्थितिका सम्बन्धमा प्रकाश पार्नुभयो । उहाँका अनुसार यस वर्ष जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दर्ता भएका महिला हिंसासम्बन्धी घटना १३, बाल यौन दुराचारका २, जबर्जस्ती करणीका ३, बालबालिकाविरूद्धको कसुर २, बहुविवाह २, ठाडो निवेदन ५ रहेको छ ।

स्नातक र स्नातकोत्तर तहका करिब १०० जना विद्यार्थीहरूका बिचमा सञ्चालित उक्त कार्यक्रममा पुतलीबजार शिक्षा शाखाकी प्राविधिक सहायक शोभा बस्यालले महिलाहरू जताततै हिंसामा परेको भन्दै कतिपय हिंसाका घटना बाहिर आउन नसकिरहेको अवस्थामा महिलाहरू स्वयम् जागरूक हुन आवश्यक रहेको बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, प्राध्यापकद्वय सोम लम्साल र युवराज पौडेल, कार्यपालिका सदस्य यसोदा अर्याल, विद्यार्थी प्रतिमा भण्डारी लगायतले बोल्नुभएको थियो ।

महिला हिंसा विरूद्धको १६ दिने अभियान यही मंसिर ९ बाट सुरू भइ मंसिर २४ गते समापन हुने सन्दर्भमा पुतलीबजार नगरपालिकाले त्रिभुवन आदर्श क्याम्पसका विद्यार्थीहरूका बिचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमको अध्यक्षता पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले गर्नुभएको थियो भने सञ्चालन पुतलीबजार नगरपालिकाकी अधिकृत ठगीकुमारी खनालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?