काठमाडौं । बाला चतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउने भक्तजनहरुका लागि पशुपति क्षेत्र विकास कोषले पालना गर्नुपर्ने नियमहरुको बारेमा जानकारी गराएको छ ।
कोषले बाला चतुर्दशीका अवसरमा पशुपति आउने भक्तजनका लाििग विभिन्न १३ बुँदे नियम पालना गर्नुपर्ने जनाएको छ । कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरेको छ ।
खासगरी कोषले वृक्षरोपण गरेको स्थान र बिरुवाको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, स–साना बालबालिकाहरुको साथमा परिचयपत्र राखिदिन आग्रह गरेको । बालाचतुर्दशी पर्व मंसिर २५ गते परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरिदिएको छ ।
यस्तो छ नियमबारे कोषले जारी गरेको सुचनाः







