लिमा । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा हुनुभएको छ । मानवताविरुद्धको अपराधमा उहाँले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो । संवैधानिक अदालतले मंगलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उहाँ जेलमुक्त हुनु भएको हो ।
फुजिमोरी बुधबार साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किनु भएको थियो । रिहाइपछि उहाँले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेट्नु भएको थियो ।
केही समयअघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उहाँको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts