काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरको उपस्थितिमा भएको अधिवेशनबाट विगत १० वर्षदेखि संघमा आबद्ध बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
उपाध्यक्ष धनबहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रीय सदस्य दामोदर ढुंगाना, केन्द्रीय सदस्य (खुला) विवेक दली, मिलनविक्रम बस्नेत, राजेश दाहाल, रेवन्तराज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन रहेको संघका नवनिर्वाचित अध्यक्ष बुद्धिराज पोखरेलले जानकारी दिनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता