काठमाडौं । कोका-कोला बेभरेजेज नेपालले वितरण प्रणाली अझै प्रभावकारी बनाउन ‘कोक बडी’ एप ल्याएको छ । रिटेलरले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरमार्फत् कोका–कोलाका पेयपदार्थ चाँडोभन्दा चाँडो र सहजरूपमा अर्डर गर्न सकून् भन्ने उद्देश्यले एप ल्याइएको कम्पनीले जनाएको छ । नेपालभरका दुई सय ५६ वितरक र एक लाख ५६ हजार आउटलेट जोड्दै नयाँ मोबाइल एप्लिकेसनले कोका-कोलाका उत्पादन वितरण गर्ने शैलीलाई डिजिटलरूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।
कोका-कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जालभित्रको सञ्चार र लजिस्टिक सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरूबीच रियल-टाइम कनेक्टिभिटीलाई कायम राख्छ । यो एपले सप्लाई चेन म्यानेजमेन्ट अप्टिमाइज गर्ने, इन्भेन्टरी भिजिबिलिटी सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलर दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दीपकनाथ सेन्थिलले भन्नुभयो, ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटलाई सहजरूपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागतरूपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगका लागि वर्षको तीन सय ६५ दिन, २४ घण्टा चाँडोभन्दा चाँडो अर्डर लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरले ग्राहकलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यम अझ अघि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ ।’
त्यस्तै कोका–कोला बेभरेजेज नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले भन्नुभयो, ‘सुविधाजनकरूपमा अर्डर गर्ने एप कोक बडी विशेषरूपमा हाम्रा रिटेलरका लागि तयार पार्दा हामी धेरै उत्साहित छौँ । यस एपमार्फत् अब तपाईंहरूले कोका-कोलाको कुनै पनि पेयपदार्थ जुनसुकै समयमा र जहाँ पनि २४ सै घण्टा अर्डर गर्न सक्नुहुनेछ ।’ काठमाडौंको वनस्थलीस्थित धौलागिरि मार्टका सञ्चालक विश्वास कर्माचार्यले भन्नुभयो, ‘मैले लामो समयदेखि कोकका पेयपदार्थ बिक्री गर्दै आएको छु । यो नयाँ कोक बडी एपले मलाई अर्डर गर्न अझै सहज भएको छ । यसले गर्दा मैले मेरा ग्राहक र स्टोरकै अरू काममा पनि बढी ध्यान दिन पाएको छु, जसले गर्दा मेरो समयको पनि बचत भएको छ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा