काठमाडौं । ज्ञानोदय माध्यमिक विद्यालय पुरानो कालिमाटी काठमाडौंका विद्यार्थीको एक समूहले भक्तपुरस्थित नेपाल इको प्यानल उद्योगको अवलोकन भ्रमण गरेको छ । कक्षा नौ सिभिल इञ्जिनियरिङका विद्यार्थीले भक्तपुरको चाँंगुनारायणस्थित नेपाल इको प्यानल उद्योगको अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमै बुझ्न अवलोकन भ्रमण गराएको स्कुलका प्रिन्सिपल नातिकाजी महर्जनले बताउनुभयो ।
विद्यार्थीलाई प्रोजेक्ट म्यानेजर अनिश दाहाल र फ्याक्ट्री म्यानेजर सुजन सुजखूलगायतले इको प्यानल उत्पादनका विविध विषयमा दृश्यावलोकन गराएका थिए । इको प्यानल अग्नि प्रतिरोधी भएको भन्दै विद्यार्थीलाई इको प्यानलमा मट्टितेल खन्याएर आगो लगाए पनि नजलेको अभ्यास गरेर देखाइएको थियो । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालका रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता