इण्डोनेसियामा ज्वालामुखी बिस्फोटबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुने आरोहीहरुको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।

ADVERTISEMENT

२० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन् । कतिपय घर फर्किसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी बिष्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?