
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्कालगायतका सेयरवालाको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतामा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक तुलसीराम ढकालले हस्ताक्षर गर्नुभएको छ । कृषि कम्पनीका सेयरधनीलाई प्रभावकारी र भरपर्दो सेवा सेयर रजिष्ट्रारमार्फत् उपलब्ध गराउने कम्पनीले विश्वास गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच