काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले दशैँ लक्षित ‘दशैँमा १० गुणा’ अभियानका विजेता सार्वजनिक गरेका छन् । अभियान विजेता होमादेवी पाण्डे हुनुभएको छ ।
वेस्टर्न युनियनका सुपर एजेन्ट, एटिटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।
पाण्डेले बम्पर लक्की ड्रमार्फत् प्राप्त कारोबार रकमको १० गुणा रकम जित्नुभएको छ । बम्परमा प्राप्त रकमको १० गुणाबाहेक आठ हप्तासम्म ६४ भाग्यशालीले कारोबार रकमको दुर्ई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts