नेप्से परिसूचक घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ ।

आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा समूह शून्य दशमलव ९७, म्युचुअल फन्ड शून्य दशमलव १५ र निर्जीवन बीमा समूह शून्य दशमलव ३५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

ADVERTISEMENT

सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान शून्य दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १२, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, लघुवित्त शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मुल्यमा समान नौ दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ४६ लाख ३१ हजार सात सय २३ बराबरको दुई लाख ४८ हजार एक सय ९३ कित्ता शेय किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज