मुस्ताङमा यस वर्षको पहिलो हिमपात

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । मुस्ताङमा यो याममा पहिलो पटक हिमपात भएको छ । सोमबार विहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइ रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

विहानैदेखि हिमपात भए पनि कार्यालयहरु संचालन भएको बताउनुभयो । यातायताका साधान पनि निरन्तर चलिरहेको उहाँको भनाइ छ । हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानले लगाएका बाली सुक्न थालेका थिए ।

यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनले बताउनुभयो । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुन नसेको उहाँको भनाइ छ । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचन बताउनुहुन्छ ।

ADVERTISEMENT

उहाँ भन्नुहुन्छ - “यो वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परि रहेको अवस्था हो, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *