
काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केट प्राप्तिपछि कायम भएको हिमालयन क्यापिटल एकीकृत कारोबार सुरु गरेको छ । शुक्रबार एक समारोहबीच हिमालयन क्यापिटलका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केटका अध्यक्ष भोलाबहादुर बिष्टले एकीकृत कारोबारको घोषणा गर्नुभएको हो । हिमालयन क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट १२ मंसिरमा एकीकृत कारोबार सञ्चालन अनुमति प्राप्त गरेको थियो ।
कार्यक्रममा हिमालयन क्यापिटलका सञ्चालक समिति अध्यक्ष तथा हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोर्खालीले मर्चेन्ट बैंकिङ व्यवसायमा छोटो समयमा पनि नवीनतम् सेवा प्रवाह गर्दै छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो ।
हिमालयन क्यापिटल र मर्चेन्ट बैंकिङ व्यवसाय आधुनिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सिभिल क्यापिटल मार्केटको समिश्रणबाट सकारात्मक प्रभाव सिर्जना भई ग्राहकलाई प्रदान गरिने सेवा तथा सुविधा अझ सबल हुने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच