ट्याक्टर दुर्घटना अपडेट : पाँच जना घाइते, एकको अवस्था गम्भीर

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको पश्चिम चखेवामा भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका छन् भने एक जनालाई बिराटनगर पठाइएको छ ।

शनिवार मध्य पहाडी लोकमार्ग अन्तर्गत टेम्के मैयुङ गाउँपालिका वडा नम्वर ४ को चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टरको लोड पिन भाँचिदा भएको दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रहरी निरीक्षक राईका अनुसार घाइते हुनेहरुमा चालक टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ५ चोलन्तीका २० बर्षिय सेवालुङ राई, १५ बर्षका धन बहादुर बिष्ट, २० बर्षका देवेन्द्र बिष्ट, २३ बर्षका निरज बिष्ट, र भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ३ का ३२ बर्षिय राजकुमार तामाङ रहेका छन । टाउकोमा चोट लागेका तामाङलाई भने थप उपचारका लागि बिराटनगर स्थित नोवेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?