विश्वव्यापी जलवायु परिवर्तनका असर न्युनिकरण गर्नुपर्नेमा विज्ञहरुको जोड

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ (यूएन) फ्रेमवर्क कन्भेन्सन टु कन्फ्रेन्स अफ द पार्टीज (कोप २८) को २८ औँ सत्र संयुक्त अरब इमिरेट्सको दुबईमा बिहीवार दिउँसो शुरु भएको छ । विश्वव्यापी जलवायु प्रतिक्रियालाई तिब्र रुपमा न्युनिकरण गर्नका लागि आह्वान गरेको छ ।

यस वर्षको जलवायु सम्मेलनले विश्वव्यापी ध्यानाकर्षण गराएको छ । जयो २०१५ पेरिस सम्झौताका लक्ष्यहरूतर्फ विश्वको सामूहिक प्रगतिको पहिलो दुई वर्षको मूल्याङ्कन हो ।

ADVERTISEMENT

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टिलले जलवायु सम्मेलनमा विश्वमा जलवायु परिवर्तनका कारण बालबालिकाहरुमा परेको असरबारे छलफल भइरहेको बताउनु भयो । विश्वले सामना गरिरहेका जटिल प्रभावहरू (जलवायु परिवर्तनको) लाई न्युनिकरण गर्न लचिलोपनको अभाव भएको बताउनु भयो ।

नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्ने सम्मेलनमा सम्पूर्ण मानवजातिले सामना गरिरहेको जलवायु समस्याहरूको विश्वव्यापी समाधानको लागि काम गर्न विश्वभरका ७० भन्दा बढी प्रतिनिधिहरूलाई जम्मा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज