काठमाडौं । लुब्रिकेन्ट्स ब्राण्ड मोटुललाई नेपाली बजारमा आइएमई ग्रुपले बिक्री-वितरण गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुलको आधिकारिक बिक्रेताका रूपमा आइएमई ग्रुपलाई नयाँ बिक्रेताका रूपमा नियुक्त गरेको हो ।
आइएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनका सिइओ हेमन्त पुरानिकका अनुसार गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताअनुरूप मोटुलसँग सहकार्य गरिएको हो । उहाँले भन्नुभयो, ‘मोटुल जस्तो विश्वप्रख्यात लुब्रिकेन्ट्स ब्राण्डसँग जोडिएर व्यवसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौँ । साथै यो ब्राण्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरीय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्धसमेत छौँ ।’ एक सय ७० वर्ष पुरानो फ्रेन्च ब्राण्ड विशेषतः हाई पर्फमेन्स इञ्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । सबै रेन्ज नेपाली बजारमा उपलब्ध हुने आइएमईले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts