काठमाडौं । कम्प्युटर सुरक्षा दिवसका अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले बैंकको नीतिअनुरूप कम्प्युटर सुरक्षामा सजग, सचेत, अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् ।
नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त र अन्य उच्च पदाधिकारीको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई उक्त प्रतिज्ञा गराइएको होे ।
सन् १९८८ देखि विश्वभर कम्प्युटरसम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखमा कम्प्युटर सुरक्षा दिवस मनाइँदै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता