मुगु एमालेमा किचलो अध्यक्ष मण्डलले एक पक्षिय निर्णय गर्न खोजेको आरोप

३७५ प्रतिनिधि मध्य २५० प्रतिनिधिले आफ्नो पक्षमा दस्तखत गरेको रावल पक्षको दावी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । नेकपा एमाले मुगुको नवौं जिल्ला अधिबेशनको नेतृत्व छनौटमा अध्यक्ष मण्डलले एक पक्षिय निर्णय गर्न खोजेको आरोप लागेको छ ।

निर्वाचन कमिटीले आफ्नो सम्पुर्ण कार्यतालिका सार्वजनिक गरी नेतृत्व छनौट प्रक्रियामा लैजान सुरुवाति गर्दा गर्दै अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया रोक्न लगाई एक पक्षिय नेतृत्व अध्यक्ष मण्डलले घोषणा गर्न खोजेको आरोप अध्यक्ष पदका उम्मेदवार डम्बर रावल पक्षले लगाएका हुन् ।

९ गते नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उद्घाटन गरेको नवौं जिल्ला अधिवेशन ६ दिन पुग्दा समेत अध्यक्ष मण्डलका अध्यक्ष मोहन बानियाका कारण एक पक्षिय नेतृत्व चयन गर्न खोज्दा अधिवेशनमा किचलो भएको हो । मोहन बानिया जुम्ला जिल्लाको ईन्चार्ज हुनुहुन्छ । उहाँले आफ्नो पक्षमा नेतृत्व ल्याउन खोजेकै कारण निर्वाचन हुन सकेको छैन ।

ADVERTISEMENT

उक्त अध्यक्ष मण्डलमा मोहन बानिया अध्यक्ष मण्डलबाट बाहिरिएर एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाव जङ्ग शाहले अध्यक्ष मण्डलको नेतृत्व गर्नुभएकाे छ । शाहले समेत निर्बाचन प्रक्रियालाई रोकेर एक पक्षिय निर्णय गर्न लगाएको रावल पक्षका कार्यकर्ता र अधिवेशन प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

निर्वाचन कमिटीको कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन कार्तिक १३ दिउँसो १ बजे, दावी बिरोध दिउसो १:१५ देखि २ बजे सम्म मतदाता नामावली उपर परेको उजुरी र सुधारको सुचना प्रकाशन दिउसो २ देखि २:३० बजे सम्म दाबी बिरोध उपर छानबिन निर्णय २:३० देखि ३ बजे सम्म अन्तिम मतदाता नामवली प्रकासन ३:३० बजे उम्मेदारको दरखास्त फारम वितरण दिउसो ३:३० देखि ४ बजे सम्म उम्मेदारको दरखास्त फारम दर्ता ४:१५ देखि ५ बजे सम्म उम्मेदार प्राररम्भिक नामावली प्रकाशन दिउसो ५ बजे सम्म उम्मेदारको बिरोधमा उजुर दिने ५:३५ देखि ६ बजे सम्म उजुरी छानबिन र निर्णय बेलुका ६ देखि ६:३० सम्म उम्मेदारको नामवली पुन प्रकाशन बेलुका ६:४० देखि ७ बजे सम्म उम्मेदारको नाम फिर्ता ७:३० देखि ८ बजे सम्म उम्मेदारको अन्तिम नामवली प्रकासन, १४ गते बिहान ७:३० सम्म मतदान र बिहान ११ बजेबाट सुरु गणना सकेपछी १४ गते घोषणा गर्ने कार्यतालिका निर्वाचन मण्डलले सार्वजनिक गरेको भएपनी सम्पुर्ण प्रक्रियालाई रोकेर अध्यक्ष मण्डलले एक पक्षिय निर्णय गरी आफुले तोकेको पुर्ण रोकायाको नेतृत्वलाई निर्वाचन प्रक्रिया मै नगइ घोषणा गर्न खोजेको आरोप लगाएको रावल पक्षले अध्यक्ष मण्डल बसिरहेको रारा बोडिङ्ग स्कुलमा निर्वाचन प्रक्रिया अगाढी बढाउन माग गर्दै नाराबाजि गरेका थिए ।

अध्यक्ष मण्डलले निर्वाचन नगरेर सहमति कै आधारमा प्रक्रिया अगाडि लिन पहल गरेको भन्दै निर्वाचन अगाडि बढाउन नखोजेको भन्दै कुल ३ सय ७४ अधिवेशन प्रतिनिधिको मध्य २ सय ५० जनाले डम्बर रावल नेतृत्वको टिमको पक्षमा भएको भन्दै हस्ताक्षरसहित निर्वाचन मण्डल र निर्वाचन कमिटीलाई बुझाउन खोज्दा समेत अध्यक्ष मण्डलले बेवास्ता गरेको डम्बर रावल पक्षका अधिवेशन प्रतिनिधि हरिचन्द्र शाहीले बताउनु भयो ।

कमिटीका अन्य सदस्यहरुमा केही सहमति भई आएकाले अध्यक्षलगाएत अन्य पदाधिकारीमा पनि सहमतिका आधारमा छलफल गर्न खोजीएको हो । एमालेका स्थानिय नेताहरुसंग छलफल गरेर प्रक्रियागत रुपले अगाडि जाने एमाले मुगु ईन्चार्ज राजबहादुर बुढाले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज