चन्द्रनगर र हरिपूर्वाका शिक्षकहरु तलब नपाएपछि धर्नामा

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही। सर्लाहीको हरिपुुवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षकहरुले तलव नपाएपछि धर्नामा बसेका छन् । विगत ५ महिनादेखि तलब नपाएपछि सर्लाहीको चन्द्रनगरका शिक्षकहरुले मंगलवारबाट विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा धर्ना दिन थालेका हुन् ।

एक सातादेखि जिल्लाको हरिपूर्वा नगरपालिकाका शिक्षकको नगरपालिका कार्यालयमा धर्ना जारी छ । चन्द्रनगरका शिक्षकहरुले गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द गरेर धर्ना गरेका हुन् । विद्यालय बन्द हुँदा चन्द्रनगरमा ६ हजार र हरिपूर्वामा १६ वटा सामुदायिक विद्यालयका ५ हजार विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । हरिपूर्वामा नगर सभा नहुँदा र चन्द्रनगरमा गाउँ सभा नहुँदा शिक्षक तथा कर्मचारीले गएको साउनदेखि तलब पाएका छैनन् ।

सामाजिक सुरक्षा भत्ता रोकिएको छ । नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहले पाँच–पाँच महिनासम्म तलब नपाउँदा शिक्षकको व्यवहार पूरै डामाडोल भएको गुनासो गर्नुभयो । तलब उपलब्ध गराउन लिखित तथा मौखिक रुपमा ध्यानाकर्षण गराउने, कालोपट्टी बाँधेर पठनपाठन गराउने जस्ता अन्य दबाबमूलक कार्यक्रम गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर विद्यालय बन्द गरेर धर्नामा बस्नु परेको सिंहले बताउनुभयो ।

ADVERTISEMENT

बजेट निकासा नहुँदा बालबालिकालाई दिवा खाजा खुवाउन नपाउँदा धेरै विद्यार्थी अनुपस्थित हुन थालेका र विद्यालयमा मसलन्दलगायत सम्पूर्ण सामग्री सकिएको सिंहको भनाई छ । ऋण तथा सापटी लिएर खर्च टार्दै आए पनि तलब आउने छाँट नदेखिएपछि उधारो र ऋणले गर्दा मुख देखाएर हिँड्न पनि गाह्रो परेको गुनासो आन्दोलित शिक्षकको छ ।

हरिपूर्वा नगरपालिका–५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार यादवले चार महिनादेखि तलब नपाउँदा निरास बनेका शिक्षकहरु तलब नपाएसम्म नियमित पठन पाठनमा नफर्किने बताउनुभयो । दशैँ, तिहार, छठजस्ता प्रमुख पर्वमा समेत नगरभित्रका शिक्षकले तलब नपाएपछि बाध्य भएर नगरपालिकामा भेला भएर दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्नामा बस्न थालेको उहाँले जानकारी दिनुभयो ।

राजनीतिक दलका अगुवा नेताको स्वार्थ र जनप्रतिनिधिबीचकै टकराबका कारण चन्द्रनगर र हरिपूर्वा दुवै नगरपालिकाले बजेट ल्याउन नसक्दा शिक्षक तथा कर्मचारीको तलब सुविधा समेत रोकिन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज