अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् ।

दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने भएका हुन् ।

ADVERTISEMENT

बिहीबार सुरु हुन लागेको कोप- २८ मा विभिन्न देशका राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएका बेला राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा भने यो साता उनीहरू दुबई जाने उल्लेख गरिएको छैन ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिस सहभागी नहुने भएपछि अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज