काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसीअन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियो निर्माण गरेको छ । आमजनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका भिडियोका पाँच शृंखला रहेको र क्रमबद्धरूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिनुभयो ।
भिडियोमा मोबाइल बैंकिङ प्रयोग, धारा-बत्ती तथा स्कुल बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, राजस्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोगसम्बन्धी विधि रहेकाले भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालामा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ । बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सुरुवात भएको जानकारीसमेत गराएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts