मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले ८ मंसिरदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

ADVERTISEMENT

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

पहिलो चरणमा कम्पनीले कम्पनीले धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउनेमध्ये १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *