राजविराज । सशस्त्र प्रहरीले सप्तरीबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित बेल्हीबाट आइतबार राति अन्दाजी १० बजे पेस्तोल र त्यसमा प्रयोग हुने २ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेड्क्वाटर सप्तरीले जनाएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. वेल्हीबाट खटि गएको ५ जनाको पैदल गस्ती चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले कपडाको पोका फ्याकी व्यक्तिहरू मोटर साइकल चलाएर फरार भएका थिए ।
उक्त पोका खोली हेर्दा पेस्तोल र गोली बरामद भएको हो । दुबै हतियार आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बझाइएको सशस्त्र प्रहरीले जनाएको छ







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts