मकवानपुरबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघ चितवन ल्याइयो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

भरतपुर । मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९ः४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो ।

मकवानपुरको मनहरि गाउँपालिका-६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट शुक्रबार र आइतबार दुई जनाको मृत्यु भएको थियो ।

ADVERTISEMENT

बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए । उक्त बाघले गएको शुक्रबार राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा चितवनको राप्ती नगरपालिका-१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो ।  बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट पहिचान खुल्न नसकेको एक पुरुषको समेत शव फेला परेको छ ।

कसरा ल्याइएको बाघलाई राख्ने ठाउँ यकीन भइनसकेको तिवारीले बताउनुभयो । “बाघले सबै खोर भरिएका छन्”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा समन्वय भइरहेको छ, जहाँ खाली हुन्छ त्यहाँ राख्छौँ ।” कसरामा चार र सौराहामा विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई बाघ राखिएको छ । यहाँ बाघ राख्ने ठाउँ नभएपछि यसअघि नियन्त्रणमा लिएका तीन बाघलाई पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । नेपालमा रहेका तीन सय ५५ बाघमध्ये चितवनमा मात्रै एक सय २८ वटा छन्  । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज