काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत हालसम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई आठ करोड रुपैयाँ बराबरकोे बिमा रकम भुक्तानी गरेको जनाएको छ । कुमारी बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपिडी), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगको उपचार एवं दुर्घटना मृत्यु बिमाबापत बैंकले बिमा कम्पनीहरूमार्फत् उक्त रकम ग्राहकलाई प्रदान गर्दै आएको हो । बैंकका अनुसार बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तानी गरिएकोे छ ।
कुल बिमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बिमाबापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरिएको जनाएको छ । कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्ने भएकाले यो बचत खाता ग्राहकमाझ अत्यधिक लोकप्रिय रहेको बैंकको दाबी छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts