देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

रासस
रासस
Read Time = 1 min

कास्की । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ ।

तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकले आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *