
काठमाडौं । चलचित्र ‘फर्की फर्की’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो । यही मंसिर ११ गतेदेखि छायांकनमा जान लागेको यो चलचित्रमा अनमोल केसीको मुख्य भूमिका रहनेछ ।
सुयोग गुरुङको निर्देशन रहने चलचित्रमा अनमोलसहित जसिता गुरुङ, नवकलाकारद्वय समृद्धि अर्याल, रवि काफ्लेलगायतका कलाकारको अभिनय रहनेछ । लभस्टोरी नजरामा बन्ने यो चलचित्रको छायांकन काठमाडौं, पोखरालगायतका क्षेत्रमा हुने चलचित्रका प्रोडक्सन हेड शंकर पाण्डेले जानकारी दिनुभयो ।
चलचित्रमा रोहितका साथै ओएसआर डिजिटलको लगानी रहनेछ । नरेन्द्र मैनालीको छायांकन हुने चलचित्र अर्को वर्ष जेठ ११ गते रिलिजको तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच