बालिका बलात्कार कसुरमा २६ वर्षीय युवालाई १८ वर्ष कैद सजाय

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचथरको फाल्गुन्द गाउँपालिका–६ का २६ वर्षीय सन्तोष आङ्देम्बेलाई १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत बाङलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले आङ्देम्बेलाई कैदसँगै ७ लाख रुपैयाँ जरिवाना र १ लाख क्षतिपूर्ती सजाय सुनाएको अदालतका इजलाश अधिकारी पदम थापाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

आङ्देम्बेले बालिकालाई गत माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । आङ्देम्बेलाई पक्राउ गरेको प्रहरीले अनुसन्धान पुरा गरि फागुन ३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?