अख्तियारद्वारा खैरहनी नपाका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितनवनको खैरहनी नपाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मासहित १२ विरुद्ध भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

चितवन, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा, इन्जिनियर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध रू ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध रू एक करोड १९ लाख पाँच हजार छ सय तीन, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध रू ८९ लाख दुई हजार छ सय ६५ बराबरको बिगो दाबी गरिएको छ ।

ADVERTISEMENT

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभौक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध रू १३ लाख ३१ हजार दुई सय १७ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

आयोगले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध रू ७८ हजार र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध रू ३५ लाख ५० हजार नौ सय ५२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज