काठमाडौं । दक्षिण कोरियाले सन् २०१८ को अन्तर-कोरियाली शिखर सम्मेलनपछि भएको लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपीआरके) सँगको सैन्य सम्झौता आंशिक रूपमा निलम्वन गर्ने निर्णय गरेको छ ।
बुधवार आंशिक रूपमा निलम्वित अन्तर-कोरियाली सैन्य सम्झौतालाई सियोलमा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक-सूको अध्यक्षतामा भएको आकस्मिक मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो ।
निलम्वित प्रभावकारिताको साथ, दक्षिण कोरियाले दुई कोरियालाई विभाजन गर्ने सैन्य सीमांकन रेखाको वरिपरि डिपीआरके बिरुद्धको निगरानी कार्यहरू पुनः स्थापित गर्नेछ ।
अप्रिल २०१८ मा, तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इन र शीर्ष डिपीआरके नेता किम जोङ उनले पानमुनजोम गाउँमा भेट गर्नुभएको थियो । पानमुनजोम घोषणामा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि सेप्टेम्बर २०१८ मा प्योङयाङमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts