काठमाडौं । डिसहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी मंसिर ११ गते लक्की ड्रमार्फत् डिसहोम मेगा स्टारको छनोट हुने भएको छ । गत असोज १ देखि मंसिर ११ गते मध्याहृन १२ बजेसम्म डिसहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहक उक्त योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमस र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने बताइएको छ । कम्पनीले यसअघि हरेक हप्ता सुपरस्टार योजनाअन्तर्गत एक लाख जित्ने डिसहोमका नौ भाग्यशाली ग्राहक घोषणा गरिसकेको छ ।






