नयाँ भवनमा सरेपछि प्रधानमन्त्री : सरकारको काम र गुण पनि नयाँ ढंगबाट अघि बढ्छ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उहाँले रकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महशुस गरेको बताउनु भयो ।

उहाँले पुरानो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताउनु भयो । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महशुस गरेको छु । १२० वर्ष पुरानो यो भवनलाई त्यसको मुल संरचना जस्ताको त्यस्तै राखेर अहिले भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको पुनःनिर्माण भएको छ । मलाई कता कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महशुस गरेको छु । नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ ।’

ADVERTISEMENT

सञ्चारकर्मीहरुसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनु भयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ । बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन की भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्नेकुरा सम्पन्न भएको छ ।’

०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?