-राजकुमार कार्की
ओखलढुंगा । ओखलढुंगा जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल श्रीचम्पादेवी मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ । विशेषगरी ठुली एकादशी (हरिबोधनी एकादशी) का दिन मन्दिर दर्शन गर्न टाढा‐टाढा बाट आएका दर्शनार्थीहरुको घुँइचो लागेको हो । तिहार पछी लगत्तै दर्शन गर्ने तथा मेला भर्नेको घुँइचो लाग्ने गरेको छ । १५ दिन सम्म लाग्ने उक्त मेलामा देवीको दर्शन गर्ने र मेलामा रमाईलो गर्नेको भिँड लाग्ने गर्दछ । दर्शन गर्नका लागि नेपालका विभिन्न जिल्लाका दर्शनार्थी र छिमेकी देश भारतको सिक्किम र दार्जिलिङबाट समेत दर्शनार्थीहरु आउने गरेको स्थानियबासी बताउछन् ।
पहराको काछमा उत्त्पन्न भएकी श्रीचम्पादेवीको मन्दिरमा फूलडोली फूलसोली मार्फत् फूल तार्ने, घण्टा, त्रिशुल चढाउने गरिन्छ । देवीको मन्दिरमा उपस्थित भई दर्शन गर्दा मनोकाङ्क्षा पुरा हुने किंबदन्ती र जनविश्वास रहेको छ । आफ्नो मनोकाङ्क्षा पुरा हुने र मागेको बर पाउने भएकाले टाढा टाढा देखी दर्शन गर्न आउनेको घुइचो लाग्ने गरेको छ ।
आफुलाई आवश्यक महशुस भएका चिजहरुको ठुलो आवाजै निकालेर देवी सँग वर माग्ने चलन रहेको छ । ठुलादेखि साना घण्टा, ठुलादेखि साना तामाका त्रिशुल, सुन चाँदी पैसालगायत अन्य पशुचौपाया बृद्धि होस भनेर दहि दुध चढाउने, गाई भैसी बाँध्ने दाम्लो चढाउने, गाईभैसीलाई बोलाउदै मन्दिर देखि दाम्लोले गाईभैसी ताने जस्तै गरी दाम्लो घिसार्दै हिड्ने, राम्रो उत्पादन होस् भनेर मकैका झुत्ता फलफुल चढाउने गरेको पाईन्छ ।
ओखलढुंगा सदरमुकाम देखि कटुन्जे कोषकोहाट हुँदै मन्दिर सम्म मोटर बाटो पुगेको छ । त्यसै गरी काठमाडाैं बाट रामेछाप मन्थली साँघुटार हुँदै घोराखोरी बिलन्दु बाट पनि मन्दिर सम्म पुग्ने मोटरबाटोको सुविधा रहेको छ । नवलपुर पलापु कोषको हाट हुँदै पनि श्रीचम्पादेवी मन्दिर सम्म पुग्ने मोटरबाटो रहेको छ ।
पहिला पहिला मोटरबाटोको सुविधा नहुँदा पैदल यात्रा गर्दै भारतको सिक्किम, दार्जिलिङ देखि दर्शन गर्न आउने गरेका थिए । अहिले मोटरबाटोको सुविधा भएपछि तिहारको भाईटिकाको भोलीपल्ट देखि नै गाडी लिएर आउने दर्शनार्थीको बृद्धि भएको बताएका छन् । अरुबेलामा भन्दा ठुलीएकादशीका दिन भने ठुलो मेला लाग्ने र दर्शन गर्नेको पनि भिँड लाग्ने गरेको बताउछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts