काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।
बुधबार प्रि-ओपन सेसनमा ०.४६ अंक बढेर १८३०.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ ।
यो सेसनमा ८ स्टकको ४० हजार ९२७ रुपैयाँ ७० पैसा बराबरको १११ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।






