
काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आशाजनक स्टार्टअपमा सय मिलियन डलरसम्म लगानी गर्ने लक्ष्यसहित नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ । न्यु भेन्चर्सको भाइस प्रेजिडेन्टका रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा लगानी हुने भएको हो । न्यु भेन्चर्सको लगानी तीव्र वृद्धि र सकारात्मक सामुदायिक प्रभावमा केन्द्रित रहने कम्पनीले जनाएको छ ।
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आशाजनक स्टार्टअपमा सय मिलियन डलरसम्म लगानी गर्ने लक्ष्यसहित नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार यस अभियानले अन्यायलाई चुनौती दिन्छ र व्यक्ति एवं समुदायको जीवनमा सुधार गर्छ । विश्वव्यापी विस्तारका सम्भावना भएका स्थानीय स्टार्टअप, पोस्ट-सिड/प्रि-सिरिज ए कम्पनीहरू प्रमाणित उत्पादन बजार फिट भएका, द्रुत अर्गानिक वृद्धि, हेल्दी इकोनोमिक्स एण्ड क्यास फ्लो लगायतका स्टार्टअपमा लगानी गरिने कम्पनीले जनाएको छ ।
इनड्राइभको न्यु भेन्चर्स भाइस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले भन्नुभयो, ‘कुनै समयको अण्डरडग र अहिलेको विश्वव्यापी कम्पनी-इनड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता हो, जसले अन्यायलाई चुनौती दिने आफ्नो मिसनमा प्रतिबद्ध रहँदै द्रुतरूपमा विश्वव्यापी वृद्धि हासिल गरिरहेको छ । मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरू गर्ने उदीयमान कम्पनीमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको छ ।’
कम्पनीका अनुसार इनड्राइभको यो न्यु भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आफूले अक्वायर गरेका कम्पनीलाई इनड्राइभको प्लेटफर्ममार्फत् तीव्र गतिमा बढाउन केन्द्रित छ । यी कम्पनीले ४५ भन्दा धेरै बजारमा विश्वव्यापी मल्टि-मिलियन कस्ट्युमर बेस, कम्पनीको गो-टु-मार्केट जानकारी र प्रविधि उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिति बनाउन यी कम्पनीहरू सक्षम हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच