काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कुमारी र एनसिसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहनुभएका खनाल सिइओमा नियुक्त हुनुभएको छ । यसअघि सिइओ रहनुभएका रमेशराज अर्यालले राजीनामा दिएपछि खनाललाई नियुक्त गरिएको हो । यसअघि सिइओ रहनुभएका अर्याल एनसिसी बैंकमा सिइओ हुनुहुन्थ्यो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता