काठमाडौं । सिद्घार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुःख व्यक्त गर्दै राहतस्वरूप खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई चार सय ५० भन्दा बढी घरपरिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसलाजस्ता खाद्यान्न सामग्रीको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितको उद्धार र पुनस्र्थापना कार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाका रूपमा सहभागिता जनाउँदै आएको छ ।






