अब दरमखोलामा माछा मार्न पाइने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । बागलुङको दरमखोलामा माछा मार्न पाइने भएको छ । गलकोट नगरपालिकाले दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै गत भदौ १ गतेदेखि माछा मार्न रोक लगाइएको थियो । दरमखोलामा पाइने माछा नेपालमै चर्चित र गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको थियो ।

नगरपालिकाको बैठकले मंसिर १ देखि लागु हुने गरि माछा मार्न पाइने व्यवस्था गरेको हो । दरमखोलाको माछा संरक्षण गर्ने दायित्व नगरवासीको भएको हुँदा माछा मार्ने क्रममा विषादी प्रयोग नगर्न, करेन्ट नलगाउन, धार परिवर्तन नगर्न र दुवाली नथुन्न नगर पालिकाले आग्रह गरेको छ । नगरपालिकाले जारी गरेको कानुन विपरित माछा मार्ने काम गरे एक लाखसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

ADVERTISEMENT

पछिल्लो समय दरमखोलाका माछाको माग बढ्दै गएको र कानुनको उल्लङ्घन गरि माछा मार्ने प्रवित्ति बढेपछि नगरपालिकाले करिब चार महिना माछा मार्न रोक लगाइएको उहाँको भनाइ छ । दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेटसमेत ल्याइएको प्रवक्ता भण्डारी बताउनुहुन्छ । बागलुङको ताराखोलादेखि गलकोट हुँदै बडिगाडमा मिसिन पुग्ने दरमखोलाको असला माछा धेरै पाइने मध्येको खोला रहेको उहाँको भनाइ छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो - “दरमखोलाको माछा गलकोटको पहिचान बनेको छ, यहाँ अन्य खोलामा भन्दा स्वदिष्ट र धेरै माछा पाइन्छ, दरमखोलाको असला माछा संरक्षण गर्न नगरपालिकाले नीतिनै बनाएको छ, जलचर संरक्षण कार्यविधि २०८० बनाएर कार्यान्वयन गर्न हामीहरु लागेका छौँ, भदौँदेखि पूर्ण रुपमा माछा मार्न रोक लगाएकोमा अब परम्परागत तरिकाले मार्न पाइनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?